आन्दोलनको औचित्य छैन भन्दै रेबानले मजदुरलाई बार्तामा बोलायो

Advertisement

काठमाडौं। सेवाशुल्क खारेजीको विरोध गर्दे आन्दोलनमा उत्रिएका मजदुरलाई रेष्टुरेण्ट एण्ड बार एसोसिएसन ‘रेबानले’ ले बार्तामा बोलाएको छ । रेबानले मजदुरको आन्दोलनको औचित्य नभएको भन्दै बार्तातका लागि आह्वान गरेको हो।

मजदुरलक्षित श्रम, रोजगार तथा सामाजिक सुरक्षाकोष मन्त्रालयले जारी गरेको श्रम ऐन अनुसारको न्यूनतम तलब भत्ता कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्दा पनि मजदुर आन्दोलनमा उत्रिनु आपत्तिजनक रहेको रेबानले बताएको छ।

ग्राहकबाट उठ्ने टिप्स सबै मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त लाभ उपलब्ध गराउने प्रतिबद्धता गर्दा पनि विभिन्न मजदुर संगठनले व्यवसायीहरुलाई धम्की र त्रासको वातावरण सिर्जना गर्दै आएको रेबानले आरोप लागाएको छ ।

सर्वोच्च अदालतले कारण देखाउ आदेश दिइसकेको कारण उक्त आन्दोलनको कुनै औचित्य नरहेको रेबानले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। गत सोमबार रेबानले उपभोक्ता केन्द्रित १० प्रतिशत सेवाशूल्क खारेज गरे लगत्तै विभिन्न संगठनबाट मजदुर विरोधमा उत्रिएका थिए।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले मंगलबारदेखि देशका सबै रेष्टुरेण्ट बन्द आन्दोलनका कार्यक्रम अगाडी सारेका छन् ।

Advertisement

Advertisement

Advertisement