टीट्‍वेन्टी श्रृखलामा आज यूएईलाई हराउँदै इतिहास रच्ने दाउमा नेपाल

Advertisement

काठमाडौं । जारी अन्तिम टीट्‍वेन्टी खेलमा आइतबार आयोजक यूएईलाई हराउँदै इतिहास रच्ने दाउमा नेपालमा छ । दुई टिमलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । अघिल्ला दुई खेलमा नेपाल र यूएईले एक एक खेल जितेर एक एक अंक जोड्न सफल भएका थिए ।

टीट्‍वेन्टी शृंखलाअन्तर्गत तेस्रो तथा निर्णायक खेल केही समयपछि दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुँदैछ । यो शृंखला जित्न आजको खेल जित्नेपर्ने दबाबमा नेपाल यूएई दुवै छन् ।

यसअघिको एकदिवसीय श्रृखला यूएईले २–१ अंकले जितेकोले अहिलेको अन्तिम श्रृखला जित्नैपर्ने दबाबमा नेपाल छ । जसअनुसार उसलाई हराएर इतिहास रच्ने नेपालले योजना बनाएको छ । यद्यपि नेपाली टोलीको प्रदर्शन यसअघिका दुई खेलमा अपेक्षाकृत राम्रो हुन नसकेको दर्शकहरुले महशुस गरेका छन् ।

सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको नेपालले दुवै खेलमा नेदरल्यान्ड्स र हङकङसँग पराजित हुन पुगेको थियो । यस पटक केही कमजोर टिम परेकाले श्रृखला जित्न सहजसक्ने आशा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement