ग्लोबल आइएमईले ल्यायो रेमिट्यान्स बचत खाता, बचतकर्ता लाई ५०० रुपियाँ बोनस दिने

Advertisement

काठमाडौं। ग्लोबल आइएमई बैंकले रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ५ सय बोनस व्यालेन्स दिने भएको छ । बैंकले विदेशबाट नेपाल भित्रने रेमिट्यान्सलाई सेभिङमा बदल्ने उद्देश्यले उक्त योजना ल्याएको हो ।

विदेशबाट नेपालमा भित्रिइरहेको रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्धेश्यका साथ बैंकले यो योजना अगाडी सारेको जनाएको छ ।

श्रमका लागि बिभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानु अगाडी रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् । ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट खाता खोल्न सकिनेछ ।

बैंकले मुलुकभर १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत  आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement