क्यान इन्फोटेकको आज अन्तिम दिन, विद्यार्थीको आविष्कार 'थ्रिडी प्रिन्टर' ६० हजारमा

Advertisement

काठमाडौं । क्यान इन्फोटेकमा नेपालका ८ कक्षादेखि ११ कक्षामा अध्ययरत विद्यार्थीहरुले आविस्कार गरेको गाडी, मेडिकल ड्रोन तथा थ्रिडी प्रिन्टर आविष्कारहरुमा अवलोकनकर्ताहरुको निकै आकर्षण देखिएको छ ।

विश्वभर नयाँ नयाँ प्रविधिको विकास र विस्तारमा तीब्रता आइरहेको बेला नेपाली विद्यार्थीहरुबाट पनि यस क्षेत्रमा नयाँ नयाँ आविस्कारहरु हुन थालेका छन् । यसै क्रममा उनीहरुले यस बर्ष पनि क्यान इन्फोटेकमा सहभागी भएर आफ्ना आविस्कारहरु सार्वजनिक गरे ।

नेपालमा मात्रै नभएर विश्वमा आएका नयाँ नयाँ प्रविधिहरुबारे जानकारी दिने उद्देश्यले हरेक बर्ष क्यान महासंघले आयोजना गर्ने यस मेलाको यस बर्षको संस्करण
माघ १५ गतेदेखि सुरु भएको हो । मेलामा अन्तिम दिनसम्म आइपुग्दा झण्डै तीन लाखले अवलोकन गरेको आयोजकको जिकिर छ ।

सुचना प्रविधिका क्षेत्रमा विकास भएका नयाँ उत्पादनहरुमा युवाहरुलाई आकर्षण बढि देखिन्छ । यसले नयाँ आविस्कारमा रुची राख्ने युवाहरुलाई पनि प्रोत्साहन मिल्ने आयोजकको भनाई छ । हाम्रो पात्रो, ट्रोल नेपाल, एस्ट्रोनोमिकल सोसाइटी, इनोभेटिभ घर जस्ता युवाहरुका उत्पादनले मेलामा धेरैको ध्यान खिचेको छ ।

साथै, प्रदर्शनीमा दुर्गम ठाउँमा औषधि, रगतलगायतका सामग्री अस्पतालमा पुर्याउन सहयोग पुग्ने किसिमका आविस्कारहरु प्रदर्शनमा राखिएको छ । धनगढीका कक्षा १० मा अध्ययनरत छात्र तन्म्य चौधरी र कक्षा ११ मा अध्ययन गर्ने धनकुटाका विवेक श्रेष्ठ रहेको मेडिकल ड्रोनको समेत स्टल रहेको एक विद्यार्थी उपेन्द्र ढुंगानाले जानकारी दिए ।

उनले इन्फोटेकले पछिका युवाहरुको लागि प्रोत्साहन हुने भन्दै उनीहरुको लागि नेपालमा नै राम्रो भविष्य रहेको बताए । प्रदर्शनमा दुई लाख रुपियाँभन्दा बढि पर्ने थ्रिडी प्रिन्टर नेपालका विद्यार्थीहरुले बनाएर जम्मा ५० देखि ६० हजार रुपियाँमा बिक्री वितरण गरिरहेको क्यान महासंघका महासचिव रञ्जित पोदारले जानकारी दिए ।

उनका अनुसार यस इन्फोटेकले नेपालका युवाहरुलाई इ–लर्निङ सुविधा दिँदै आएको बताए । पोदारले प्रविधिको विकासले गर्दा बोटविरुवा बिग्रिएको मोबाइलमा एप्स राखेर थाहा पाउन सकिने तथा कृषि कार्यमा रोबटको प्रयोग गरेर काम सम्पन्न गर्न सकिने जानकारी दिए ।

नेपालका युवा जनशक्तिले बाहिर नगई नेपालमा नै केही गर्ने राम्रो सम्भावना रहेको पोदारले बताए । उनले इन्फोटेक आज सकिने भएता पनि नेपालको अन्य चितवनको नारायणघाटमा माघ २५ गते, पोखरामा फागुन १८ गते, बुटवलमा ३ गते, सुर्खेतमा फागुन २४ गते गरिने बताए ।

Advertisement

Advertisement

Advertisement