मिस/मिसेस् हेरिटेज आयोजनाको तयारी अन्तिम चरणमा

Advertisement

कााठमाडौं । विश्वका ३० मुलुकका ४० प्रतिस्पर्धीहरुको सहभागितामा हुने ‘हेरिटेज पेजेन्टस्’ २०१९ अन्तर्गत मिस÷मिसेस् हेरिटज २०१९ संस्करणको तयारी अगाडि बढेको छ ।

यस पटकको आयोजना सिंगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा आउँदो फेब्रअरी १० देखि १७ सम्म संचालन हुने भएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेब्रअरी १६ मा सम्पन्न हुने आयोजकले जनाएको छ ।

इप्लानेटको आयोजनामा संचालन हुने यो प्रतियोगिता सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य रहने कुरा आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन् ।

सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन हुने यो प्रतियोगिताका लागि नेपालबाट इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ ।

ईप्लानेट प्रा.लि. सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ ।

जसमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल नेपाल, मिस इन्टरनेसनल नेपाल र मिसेस् नेपाल प्रमुख रहेका छन् । एउटै मञ्चमा चार वटा विभिन्न शीर्षक अन्तर्गतका प्रतियोगितात्मक कार्यक्रमहरुको प्रस्तुति देखि मुलुकमै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सफल इप्लानेट नेपाल मिस नेपाल युएसए प्रतियोगिताको सह आयोजक समेत रहेको छ ।

Advertisement

Advertisement

Advertisement