निलाम्बर आचार्य भारतका लागि राजदूत नियुक्त

Advertisement

काठमाडौँ । सरकारले भारतका लागि निलाम्बर आचार्यलाई राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार उनलाई राजदूत नियुक्त गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराइन् ।

राजदूतलाई राष्ट्रप्रमुखबाट सपथ ग्रहण गराइएको नेपालको इतिहासमै यो पहिलो हो । सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी लगायत सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement