एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ब्लु क्रस अस्पतालका तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले ब्लु क्रस अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकहकले उक्त छुट पाउनको लागि बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ ।

बैंकले हालसम्म १२२ वटा शाखाहरु र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement