सिद्धार्थ बैंकको भिसा कार्डमा अनलाइन कारोबार गर्दा सय नगद फिर्ता

Advertisement

काठमाडौं  । सिद्धार्थ बैंकले आफ्ना भिसा कार्ड बाहक ग्राहकलाई लक्षित गरी नगद फिर्ता (क्यास ब्याक) योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत पहिलोपटक ५ सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ग्राहकले सय नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै ती अनलाइन कारोबारलाई अझ बढी सुरक्षित बनाउन बैंकले जारी गरेका इन्टरनेसनल प्रिपेड कार्ड, डेबिड कार्ड, क्रेडिट कार्ड भरिफाई बाई भिसा प्रणालीमा प्रयोग गर्न सकिन्छ ।

अनलाइन कारोबार गर्दा ग्राहकहरुको रजिस्टर्ड मोबाइल तथा इमेल आईडीमा वान टाइम पासवोर्ड आउँछ र उक्त पासवर्ड भेरिफाई भएपछि मात्र कारोबार सफल हुने बैंकले जनाएको छ । इन्टरनेसनल प्रिपेड कार्ड प्रयोग गरी ग्राहकले भारतीय मुद्राबाहेक जुनसुकै मुद्रामा पनि अनलाइन कारोबार गर्न सक्नेछन् ।

डेबिड र क्रेडिट कार्ड प्रयोग गरी नेपाली र भारतीय मुद्राहरुमा अनलाइन कारोबार गर्न सक्नेछन् । यस सुविधासँगै बैंकका ग्राहकले अनलाइन किनमेल, होटल बुकिङ, एयरलाइन्स टिकेटिङ, आदि जस्ता विभिन्न कार्यहरु सजिलै र सुरक्षित ढंगले गर्न सक्नेछन् ।

सिद्धार्थ बैंककोे हाल देशभर १३७ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, १४७ एटीएम र १२ सयभन्दा बढी पीओस मेसिन सञ्चालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement