अमेरिकासँग जोरी खोज्दै सत्तारुढ नेकपाले भन्यो- भेनेजुएलामा हस्तक्षेप गलत नै हो

Advertisement

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नाममा केही दिनअघि भेनेजुएलाको राजनीतिक संकटबारे आएको वक्तव्यप्रति अमेरिका र पश्चिमा मुलुकहरुले चासो राखिरहेको बेला नेकपाले सोही अडानलाई समर्थन गर्नेगरी आफ्नो अडान दोहोर्याएको छ ।

नेपालले अंगिकार गर्दै आएको असंलग्न परराष्ट्र नीतिमा असर पर्नेगरी सत्तारुढ दलबाट भेनेजुएलामा विपक्षी पार्टीलाई समर्थन गर्ने अमेरिकी नीतिको विरोध गर्ने काम भएको हो । महाशक्ति अमेरिकाविरुद्धको यस कदमले नेपाललाई एक ध्रुवतिर ढकल्ने र अमेरिकी हस्तक्षेप बढ्नसक्ने अडकल गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा आफूलाई अमेरिकाको पक्षमा उभ्याएको भोलिपल्ट नेकपाले यस्तो धारणा दोहोर्‍याएको हो । सोमबार बसेको नेकपा सचिवालय बैठकले भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेबारे पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालद्धारा माघ ११ गते निकालिएको विज्ञप्तिकै पक्षमा उभिएको हो ।

सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलाको विषयमा नेकपाले लिएको अडानबारे गलत प्रचार गरिएको भन्दै राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति नेकपा प्रतिवद्ध रहेको तर भेनेजुएलाको विषयमा हाम्रो अडान यथावत रहेको बताए ।

हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई नेकपाले सम्मान गर्ने भन्दै उनले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने बताए । कुनै देशमा समस्या पैदा भएमा सम्बन्धित देशका जनताले स्वतन्त्रतापूर्ण र शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्ने श्रेष्ठको तर्क छ ।

Advertisement

Advertisement

Advertisement