डिभाइन वाइन र बोइज यूनियन क्लबबीच सम्झौता

Advertisement

काठमाडौं । नेपालको वाइन कम्पनि (डिभाइन वाइन) ले बोइज यूनियन क्लबसँग सम्झौता गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भएको सम्झौतामा कम्पनिको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबको तर्फबाट निरजबहादुर राउतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे।

यस सम्झौता अनुसार डिभाइन वाइनले एक वर्षका लागि बोइज यूनियन क्लबलाई प्रायोजन गर्नेछ । सम्झौता अवधिभर क्लबको नाम डिभाइन बोइज यूनियन क्लबको नामबाट नामाकरण हुनेछ ।

साथै डिभाइन बोइज यूनियन क्लबले सबै प्रतियोगिताहरुमा डिभाइनको लोगो आफ्नो जर्सिमा प्रयोग गर्नेछ । कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरीङले फुटबललाई उच्च स्तरमा पुर्याउन फागुनदेखि राष्ट्रिय स्तरका खेलाडी छनोट गर्ने र देशका ४५ वटा जिल्लामा फुटबल ट्रेनिङ सेन्टर खोल्ने बताए ।

कम्पनिले नेपालको खेलकुद जगतलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रममा डिभाइन वाइनले क्लबलाई १० लाख रुपियाँको चेक हस्तान्तरण पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement