राजसंस्था पुनःस्थापनाका लागि पूर्वराजाले देशदौडाहा र भेटघाट बढाए

Advertisement

काठमाडौं । करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पूर्व राजाले सोमबार बेलुकासम्म २५० जना भन्दाबढीसँग भेट गरेका छन् ।

नितान्त व्यक्तीगत भ्रमण भन्दै मध्य तराई र पुर्वी तराइको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तीसँग भेट गरे ।

भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए । सिमरास्थित प्रभुशमसेरको निवासमा बस्दै आएका ज्ञानेन्द्रले हिजो सिमरास्थित राममन्दीरमा पुजा अर्चना गरेका थिए ।

केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्व रानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसँग सिमरा बस्दै आएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पूर्वी नेपाल भ्रमणमा निस्किएका हुन् ।
नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement