अवैध ३३ किलो सुनको एक लगानीकर्ता दुवईबाट पक्राउ

Advertisement

काठमाडौँ । बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणमा दुबई हुँदै नेपाल सुन पठाइनेमध्येका एक यूएईबाट पक्राउ परेका छन् । इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएका हरिशरण खड्का पक्राउ परेका हुन् ।

उनी अवैध सुनका लगानीकर्तामध्येका एक हुन् । खड्कालाई केही दिनअघि दुवई प्रहरीले पक्राउ गरेको हो । ३३ किलो सुन तस्करीमा संलग्न रहेको भन्दै प्रहरीसहित थुप्रै पक्राउ परेपनि अधिकांशलाई अदालतले छोड्न आदेश दिइसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा पार गर्दै २०७३ पुस २० गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बरामद गरेको थियो । काभ्रे स्थायी घर भएका खड्का लामो समयदेखि दुबईमा बस्दै आएका थिए । त्यहींबाट उनले नेपालमा सुन तस्करी गराउने काम गर्दै आएको प्रहरीको भनाई छ ।

नेपालका सुन व्यवसायीहरुसँगको मिलेमतोमा तस्करी गर्दै आएका खड्काले गोरे नामले चर्चित चुडामणि उप्रेतीसँग मिलेर लामो समयदेखि सुन तस्करी गर्दै आएका थिए । उनीसँगै अवैध सुनमा लगानी गर्नेसुनसरीका व्यापारी मोहनकुमार अग्रवाल, चेतनाथ भण्डारी, मोहमद उस्ताम मियाँ, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, गोविन्दप्रसाद तिवारी, कृष्णगोपाल अग्रवाल, कृष्ण बस्नेतलाई प्रहरीले पक्रन सकेको छैन ।

Advertisement

Advertisement

Advertisement