पतन्जलीले गर्दा युनिलिभरका उत्पादनसँगै सेयरमा पनि भारी गिरावट जारी, आज ३७८ अंकले घट्यो

Advertisement

काठमाडौं । बजारमा पतन्जलीका उत्पादनहरुले तीब्र गतिमा बजार लिएसँगै युनिलिभरका उत्पादनहरुमा निकै कमी आएपछि उसको सेयरमा पनि भारी गिरावट जारी रहेको छ ।

यसअघि १२ सय अंकले घटेको युनिलिभरको सेयर मंगलबार ३७८ अंकले घटेको छ । बहुर्राष्ट्रिय कम्पनीको रुपमा रहेको युनिलिभरको सेयर मूल्य सबैभन्दा उच्च रहेको बेला पतन्जली उसका लागि चुनौति बनेर खडा भएको छ ।

आज सेयर बजारमा केही सुधार देखिएको छ । सेयर बजार परिसुचक नेप्से आज दुई दशमलव ८३ अंकले बढेको छ । तर कारोबार भने केही घटेर २३ करोड १० लाख रुपियाँमा सीमित भएको छ । आज धेरै कारोबार गर्ने अपर तामाकोशीले दुई करोड ५५ लाख रुपियाँको कारोबार गरेको छ ।

समूहगत कारोबारतर्फ उत्पादनमूलक र वित्त समूहमा सामान्य वृद्धि भए पनि बाँकी सबै समूहमा सुधार देखिएको छ । बढेका सबै समूहको वृद्धिदर एक प्रतिशतभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement