निर्माण व्यवसायसँग सम्वन्धित प्रदर्शनी ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ माघ २५ बाट

Advertisement

काठमाडौं । निर्माण व्यवसायसँग सम्वन्धित उत्पादनहरुको प्रदर्शनी ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को पाँचौं संस्करण यही माघ २५ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि, नेपाल र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालि भारतले संयुक्तरुपमा गर्दै आएको यस प्रदर्शनीमा निर्माण कम्पनी, डिलर, सबडिलर, बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्वन्धी उत्पादनहरुको बारेमा जानकारी दिनेछन् ।

यस पटकको प्रदर्शनीमा विभिन्न देशका तीनसय भन्दा बढि नाम चलेका ब्राण्डका १५० भन्दा बढि स्टल रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निर्माण क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनुको यस प्रदर्शनीमा निर्माण सामग्री, निर्माण उपकरण, ह्याभ्भी इक्वीपमेन्ट, प्रिफ्याव स्ट्रकचर, यूपीभीसी विन्डोज मेशिनरी, यूपीभीसी प्रोफाइल, डोर एण्ड विण्डोज, आर्किटेक्चर हार्डवयर, वाथरुम फिटिङ एण्ड पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रुफिङ, इन्जिनियरिङ, पावर टुल्स, कंक्रिट बल्क्स मेशिनरी म्यानुफ्याक्चरर्स, अर्थ मुभिङ इक्वीपमेन्ट्स, अल्मोनियम कम्पोजिट प्यानेल्स जस्ता उत्पादनहरुको सहभागिता रहने छ ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउनुका साथै कमसल निर्माण सामग्रीमा ठगिँदै आएका उपभोक्ताहरुलाई कम लागतमा गुणस्तरीय वस्तुहरु कसरी छनोट गर्ने भन्ने कुराको जानकारी प्रदर्शनीबाट मिल्ने आयोजकको भनाई छ ।

Advertisement

Advertisement

Advertisement