सुनचाँदी व्यवसायी मञ्चमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा दोहोरिए लकान्द्री

Advertisement

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा पुनः गणेशप्रसाद लकान्द्री सर्वसम्मतले चयन भएका छन् । लकान्द्री मञ्चको दोस्रो साधारणसभाबाट तीन वर्षे कार्यकालका लागि पुनः अध्यक्ष पदमा चयन भएका हुन ।

विगत लामो समयदेखि सुनचाँदी पेशामा संलग्न रहँदै आएका लकान्द्री मञ्चका संस्थापक अध्यक्षसमेत हुन । नेपाली सुनचाँदी आन्दोलनलाई महत्वपूर्ण योगदान दिने उद्देश्यसहित स्थापना गरिएको मञ्चको पहिलो कार्यकाल निक्कै सफलतापूर्वक सम्हालेका लकान्द्रीलाई योगदानकै आधारमा दोश्रो पटक मञ्चको जिम्मेवारी सुम्पिएको मञ्चका पदाधिकारीहरु बताउछन् ।

सभाले लकान्द्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा विशिष्ट सदस्य आनन्दसागर रसाइली, वरिष्ठ उपाध्यक्ष डम्बर बराइली, उपाध्यक्ष भरत शंकर, खेम रिसाल, बीर बहादुर विश्वकर्मा, महासचिव खेम तिरुवा, सचिव नेत्र बहादुर विश्वकर्मा, मोहन विश्वकर्मा, कोषाध्यक्ष देव सेन्चुरी, सह–कोषाध्यक्ष रमेश लकान्द्री रहनु भएको छ भने कार्यसमिती सदस्यहरुमा राजकुमार गहतराज, लव बराइली, ताराबीर विश्वकर्मा, मनिषा कार्की, सुमन दियाली र महेन्द्र शंकर चयन भएका छन् । त्यसैगरी लेखाप्रमुखमा दिलिप विश्वकर्मा, लेखा सदस्यमा किशोर सेन्चुरी र सुवास लकान्द्री चयन भएका छन् ।

त्यस्तै बोर्ड सदस्यमा हनु शंकर, भक्त बं. विश्वकर्मा, बम बहादुर लकान्द्री, मीरा धमला, रामकुमार विश्वकर्मा, भगत बराइली, ध्रुव लकान्द्री चयन भएका छन् ।

Advertisement

Advertisement

Advertisement