सिभिल बैंकको 'सम्मान बचत खाता' सार्वजनिक, दूर्घटना तथा औषधोपचार बीमा निःशुल्क

Advertisement

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ बचत खाता योजना 'सम्मान बचत खाता' ल्याएको छ । बैंकले यस बचत खातामारु सात  लाखसम्मको दूर्घटना मृत्यू/अपांगबीमा तथा अस्पताल भर्ना भई लागेको रु १ लाख सम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ ।

यस खाता योजनामा ग्राहकहरुले बीमाका सुविधाहरु प्राप्तगर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ । न्यूनतम मौज्दात शुन्यरहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निशुल्क एबीबीएस रहेकोे  बैंकले जनाएको छ ।

हालसालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ–संस्थाले आफ्नो श्रमिक/कर्मचारीहरुलाई सात लाख रुपियाँसम्मको दूर्घटना मृत्यू/अपांग बीमा तथा औषधोपचार खर्चको लागी एक  लाख रुपियाँसम्मको बीमा गराउनुपर्ने नियम रहेकोमा बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्तगर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ–संस्था लगायत ग्राहक वर्गहरु लाभान्वितहुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए  ।

Advertisement

Advertisement

Advertisement