आइएमई जनरल इन्स्योरेन्सको थप एक शाखा महेन्द्रनगरमा

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कञ्जनपुरको महेन्द्रनगरमा शाखा सञ्चालन गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।

शाखा उद्घाटनको अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७५।७६ माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेको र कूल लगानी एक अर्ब सात करोड रहेको जानकारी दिए ।

यस शाखा सहित कम्पनीको ४४ शाखा तथा ११ सेवा काउण्टरबाट ग्राहकलाई सेवा प्रदान गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement