लुम्बिनी विकास बैंकको एक लाख ९७ हजार कित्ता सेयर लिलामीमा खुल्दै

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक समूहको १ लाख ९७ हजार ५९६ दशमलव ४४ कित्ता संस्थापक सेयर आइतबार (माघ २७ गते) देखि लिलामी खुला हुने भएको छ ।यस सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

यसअघि ४ पटक सम्म बिक्री खुला गर्दा पनि सबै कित्ता नबिकेपछि फेरि पाँचौ पटक माघ २७ गतेदेखि लिलामीमा ल्याउन लागिएको हो। यसमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

यो लिलामीमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन् ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ५२ लाख ७२ हजार रुपियाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २३ करोड ४६ लाख ९ हजार रुपियाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपियाँ ७ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १६२ रुपियाँ ३४ पैसा छ ।

Advertisement

Advertisement

Advertisement