मेगा बैंकको नाफा करिब ८६ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अवधिसम्ममा खुद नाफा ८५ दशमलव ९६ प्रतिशतले  वृद्धि गरि ७३ करोड २० लाख ४५ हजार रुपियाँ नाफा आर्जन छ ।  बैंकले गत वर्षको सोहि अवधिमा ३९ करोड ३६ लाख ४९ हजार रुपियाँ नाफा कमाएको थियो ।

बैंकको दोस्रो त्रैमाससम्ममा यसको वितरण योग्य नाफा ५४ करोड ७० लाख २९ हजार रुपियाँ रहेको छ । भने खुद व्याज आम्दानि पनि बढेर एक अर्ब ७८ करोड एक लाख ५३ हजार रुपियाँ पुगेको छ ।

यस वर्षमा बैंकको चुक्ता पुँजी  ४० दशमलव ८३ प्रतिशतले बढेर सात  अर्ब ३७ करोड ६७ लाख ४३ हजार रुपियाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुगेको छ । भने जगेडा कोषमा दुई  अर्ब ३१ करोड २७ लाख ६ हजार रुपियाँ जम्मा भएको छ ।

बैंकले अघिल्लो वर्षको तुलनामा को सञ्चालन नाफा ८६ दशमलव ६९ प्रतिशतले बढेर एक अर्ब तीन करोड ४१ लाख २६ हजार रुपियाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी अहिले १४ रुपियाँ १३ पैसा पुगेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानि १० रुपियाँ ६४ पैसा रहेको थियो। यस अवधिमा बैंकको  प्रतिसेयर नेटवर्थ १२२ रुपियाँ २६ पैसा छ ।

Advertisement

Advertisement

Advertisement