नेपाल बैंकको ५ वटा शाखा कार्यालय प्रदेश अनुसार

Advertisement

काठमाडौं । नेपाल बैंकले पाँच वटा प्रदेशमा प्रादेशिक शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा प्रदेश १ को विराटनगर, प्रदेश २ को वीरगंज, प्रदेश ३ को काठमाडौं, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को वुटवलमा प्रादेशिक कार्यालयको स्थापना गरेको छ ।

बैंकले सुदूरश्चिममा, कर्णाली प्रदेशमा पनि प्रादेशिक कार्यालय स्थापना गर्ने भएको छ । हाललाई कर्णाली प्रदेशको सम्पर्क कार्यालय नेपाल बंैकको वीरेन्द्रनगर शाखा र सुदूरश्चिम प्रदेशको सम्पर्क कार्यालय नेपाल बंैकको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको बताएको छ ।

हाल बैंकले १५७ शाखा ११ वटा एक्सटेन्सन ६० जिल्लामा एक्सटेन्सन काउन्टर मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ सेवा उपलव्ध गराउंदै आएको बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement