मेगा बैंकको नाफा ८६ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । मेगा बैंकले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपियाँ मुनाफा आर्जन गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा आर्जन गरेको थियो ।

बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

गत पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपियाँ पुगेको छ जुन ५५ प्रतिशतको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ जुन ६२ प्रतिशतको वृद्धि हो ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, एक सय १९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र दुई हजार ३०० भन्दा बढी मेगा रेमिट एजेण्ट रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement