सेन्चुरी बैंकको नाफा ४१.३७ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं  । सेन्चुरी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५१ करोड ८१ लाख ६८ हजार रुपियाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ३६ करोड ६५ लाख ३१ हजार रुपियाँ मात्र नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा  ४१ दशमलव ३७ प्रतिशतले  बढी हो।

बैंकको खुद ब्याज आम्दानी ५० दशमलव ३७ प्रतिशतले बढेर दोस्रो त्रैमाससम्ममा एक अर्ब ३३ करोड ९३ लाख ५९ हजार रुपियाँ कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले जम्मा ८९ करोड ६ लाख ९० हजार रुपियाँ ब्याज आम्दानि गरेको थियो  ।

हालसम्म सेन्चुरीले ६४ अर्ब १२ करोड ७८ लाख १८ हजार रुपियाँ निक्षेप संकलन गरी ५८ अर्ब ८९ करोड ८० लाख २४ हजार रुपियाँ कर्जा लगानी गरेको छ भने बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपियाँ रहेको छ।

बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड ४ लाख ७३ हजार रुपियाँ भएको बैंकको प्रतिसेयर आम्दानी  १२ रुपियाँ ८५ पैसा र  प्रतिसेयर नेटवर्थ १२० रुपियाँ ३४ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement