पच्चीस वटा विकास बैंकले गरे वित्तीय विवरण सार्वजनिक, कुन बैंकको कस्तो अवस्था छ ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार त्रैमासिक सकिएको पहिलो १५ दिनभित्र सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएपनि हालसम्म २५ फाइनान्सहरुले वित्तीय विवरण सार्वजनिक गरेकाछन् ।

क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटाले वित्तीय कारोबार सञ्चालन गर्दै आएकोमा ११ वटाले मात्र राष्ट्रियस्तरको विकास बैंककोरुपमा वित्तीय कारोबार गर्दै आएकाछन् । यिनै ११ मध्ये चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा मुक्तिनाथ विकास बैंकले आर्जन गरेको खुद मुनाफा सबैभन्दा उच्च देखिएको छ । मुक्तिनाथले चालू आवको पछिल्लो छ महिनामा ४० करोड ४८ लाख ३० हजार रुपियाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा २६ करोड ४३ लाख ८२ हजार रुपियाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब छ करोड ४७ लाख ६० हजार रुपियाँ रहेको सो बैंकले चालू आवको पछिल्लो अवधिमा ३८ अर्ब १३ करोड ८२ लाख ५८ हजार रुपियाँ निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड ८१ लाख रुपियाँ कर्जा प्रवाह गर्दा ८५ करोड ८७ लाख ७८ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको छ ।

यसबीचमा बैंकको प्रोभिजन रकम १० करोड ४४ लाख ३४ हजार रुपियाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात (एनपीएल) शून्य दशमलव शून्य पाँच प्रतिशत रहेको छ । चुक्ता पुँजी दुई अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैयाँ रहेको गरिमा विकास बैंकले पनि चालू आवको पछिल्लो छ महिनामा २७ करोड ९५ लाख ३७ हजार रुपियाँ खुद मुनाफा कमाएको छ ।

सो अवधिमा २६ अर्ब ९७ करोड ९७ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड ३० लाख ५७ हजार रुपैयाँ प्रवाह गरेको उक्त बैंकमा शून्य दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । कैलाश विकास बैंकले पनि चालू आवको पछिल्लो छ महिनामा २७ करोड ४६ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कैलाशको यस्तो नाफा २६ करोड ६० लाख ७० हजार रुपियाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई अर्ब ५२ करोड छ लाख ३६ हजार रुपियाँ रहेको सो बैंकले पछिल्लो त्रैमासिकमा २६ अर्ब ७२ करोड ८० लाख ४६ हजार  रुपियाँ निक्षेप संकलन गरी २३ अर्ब ५४ करोड ६० लाख ८९ हजार रुपियाँ कर्जा प्रवाह शून्य दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गण्डकी विकास बैंकले भने चालू आवको पछिल्लो त्रैमासिकमा २६ करोड ५२ लाख २२ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा सो बैंकको यस्तो मुनाफा २० करोड ४५ लाख आठ हजार  रुपियाँ रहेको थियो ।

चुक्ता पुँजी दुई अर्ब ७५ करोड रुपियाँ रहेको गण्डकीले चालू आवको पछिल्लो अवधिमा २६ अर्ब १९ करोड ४० लाख ३६ हजार रुपियाँ  निक्षेप संकलन गरी २३ अर्ब ३८ करोड ५४ लाख ५२ हजार रुपियाँ कर्जा प्रवाह गरेकोमा शून्य दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

ओम डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिमा २४ करोड दुई लाख ७४ हजार  रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो मुनाफा १५ करोड तीन लाख १२ हजार  रुपियाँ रहेको थियो ।

चुक्ता पुँजी दुई अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपियाँ रहेको ओमले पछिल्लो अवधिमा २३ अर्ब ६८ करोड ६७ लाख ३७ हजार रुपियाँ निक्षेप संंकलन गरी २१ अर्ब ३४ करोड ६७ लाख ७२ हजार रुपियाँ कर्जा प्रवाह गरेकोमा शून्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । लुम्बिनी विकास बैैंकले भने चालू आवको पछिल्लो त्रैमासिकमा २३ करोड ४६ लाख नौ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा लुम्बिनीले १४ करोड ३७ लाख ९८ हजार रुपियाँ खुद मुनाफा कमाएको थियो । चुक्ता पुँजी दुई अर्ब १७ करोड ५२ लाख ७२ हजार रुपियाँ रहेको सो बैंकले पछिल्लो अवधिमा २३ अर्ब ४४ करोड २६ लाख ६३ हजार रुपियाँ निक्षेप संकलन गरी २१ अर्ब ७२ करोड ३० लाख ४६ हजार रुपियाँ कर्जा प्रवाह गरेकोमा कर्जाको अनुपात दुई दशमलव ३१ प्रतिशत रहेको छ ।

साँग्रिला डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिमा १८ करोड ६९ लाख ६६ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १६ करोड एक लाख ८२ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्ता पुँजी दु्ई अर्ब ६० करोड ६६ लाख ४० हजार रुपियाँ रहेको साँग्रिलाले पछिल्लो अवधिमा १८ अर्ब ३९ करोड ७६ लाख ६२ हजार रुपैयाँ निक्ष्ोप संकलन गरी १६ अर्ब ७३ करोड ५७ लाख २७ हजार रुपियाँ कर्र्जा प्रवाह गरेकोमा एक दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

ज्योति विकास बैंकले भने चालू आवको दोस्रो त्रैमासिक अवधिमा १७ करोड चार लाख ४८ हजार रुपियाँ खुद मुनाफा कमाएको छ । चुक्ता पुँजी दुई अर्ब ५९ करोड ३६ लाख नौ हजार रुपियाँ रहेको ज्योतिले उक्त अवधिमा २३ अर्ब ५८ करोड ४८ लाख ७५ हजार  रुपियाँ निक्षेप संकलन गरी २० अर्ब ३३ करोड ३९ लाख २९ हजार रुपियाँ कर्जा प्र्रवाह गरेकोमा शून्य दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

कामना सेवा विकास बैंकले भने चालू आवको पछिल्लो त्रैमासिकमा १३ करोड ८२ लाख ३३ हजार  रुपियाँ  खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा १३ करोड ६० लाख १७ हजार  रुपियाँ रहेको थियो । यसैगरी देव विकास बैैंकले पनि चालू आवको पछिल्लो अवधिमा १३ करोड २९ लाख ८२ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा १४ करोड छ लाख ८६ हजार रुपियाँ रहेको थियो ।

क्षेत्रीयस्तरका विकास बैंकहरुमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद मुनाफा सबैभन्दा उच्च देखिएको छ । क्षेत्रीयस्तरका अन्य विकास बैंकको तुलनामा बढी कार्यक्षेत्र भएको सो बैंकले चालू आवको पछिल्लो अवधिमा १९ करोड ९० लाख ३४ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले १५ करोड १४ लाख ३४ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो । चालू आवको दोस्रो त्रैमासिकमा तिनाउ विकास बैंकले चार करोड सात लाख ४८ हजार, सप्तकोशी डेभलपमेन्ट बैंकले एक करोड ४६ लाख सात हजार, कावेली विकास बैंकले एक करोड तीन लाख ८५ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेकाछन् ।

यीबाहेक सहयोगी विकास बैंकले पाँच करोड चार लाख ८८ हजार, मितेरी डेभलपमेन्ट बैंकले चार करोड ३८ लाख दुई हजार, सिन्धुविकास बैंकले दुई करोड ६५ लाख ९९ हजार र कर्पोरेट डेभलपमेन्ट बैंकले छ करोड ४६ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकाछन् । यीबाहेकका अन्य विकास बैैंकहरुको नाफा पनि सन्तोषजनक देखिएको छ । (आर्थिक दैनिकबाट)

Advertisement

Advertisement

Advertisement