अजोड इन्स्योरेन्स र सुमेरु हस्पिटलबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स र सुमेरु हस्पिटल धापाखेलबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट निर्देशक श्री दिलिप कुमार डंगोलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा सुमेरु हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन ।

अजोड इन्स्योरेन्सले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमा बारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ ।

देशैभरीका हस्पिटल संग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र अब छिटै उपत्यका वाहिरका अस्पतालमा पनि सम्झौता गर्ने अजोड इन्स्योरेन्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement