सुब्बासँग मिलेर न्यायाधीसले नै सेवाग्राहीसँग पाँच लाख घुस लिएको खुलासा

Advertisement

काठमाडौं । सरकारी कर्मचारीहरुले घुस खाएका समाचारहरु सुनिदै आएको बेला शुक्रबार न्यायाधीसले पाँच लाख रुपियाँ घुस लिएको तथ्य फेला परेको छ । मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग पाँच लाख घुससहित पक्राउ गरेको काठमाडौं जिल्ला अदालतका सुब्बा भोलानाथ चालिसे पक्राउ परेको सातापछि सोही अदालतका न्यायाधीस बाबुकाजी बानियाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको छ ।

चालिसेले मुद्दा जिताइदिन न्यायाधीसले नै पैसा खोजेपछि आफूले सेवाग्राहीबाट पैसा बुझेको बयान दिएपछि बानियाँ कारवाहीमा परेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित बुधबार बसेको न्याय परिषद बैठकले उनलाई परिषदमा हाजिर गराउने गरी झिकाउने निर्णय गरेको हो ।

सवारी ज्यान मुद्दा सहज गराइदिने बहाना बनाएर सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा चालिसेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ १७ गते बबवरमहलस्थित वन विभाग परिषरबाट पक्राउ गरेको थियो ।

बयान लिने क्रममा उनले न्यायाधीस बानियाँका लागि रकम लिएको बताएपछि परिषद्ले बानियाँलाई तत्काल न्याय सम्पादनको कामबाट हटाउने र छानविन नसकिँदासम्म परिषदमै हाजिर गराउने निर्णय गरिएको हो ।

घुस बानियाँले नै लिएको पुष्टी भएमा उनीमाथि थप कारवाही हुने जनाइएको छ । न्यायाधीसहरुको मुद्दा अख्तियारले हेर्न नपाउने भएकाले परिषदले नै यसको छानविन र कारवाही गर्ने स्रोतको भनाई छ ।

Advertisement

Advertisement

Advertisement