आशा लघुवित्तको आइपिओ बाँडफाँड, ७९.६२ प्रतिशत आवेदकको हात खालि

Advertisement

काठमाडौ । आशा लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड भएको छ । संस्थाले जारी गरेको आइपीओमा १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार नौं ९३ (२० दशमलव ३८ प्रतिशत ) आवेदकले लघुवित्तको सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि कूल तीन लाख नौं हजार सात ८२ आवेदक बाट एक करोड १५ लाख ८२ हजार दुई ३० कित्ता शेयर माग भएको थियो ।

जसमध्ये ३२ हजार नौं सय कित्ता शेयरका लागि परेका छ सय ७७ वटा आवेदन भने रद्ध भएको बिक्री प्रबन्धक क्यापिटलले जनएको हो । बाँकी तीन लाख नौं हजार एक सय पाँच आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराउँदा दुई लाख ४६ हजार एक सय १२ ( ७९ दशमलव ६२ प्रतिशत) आवेदकको हात खालि भएको चो  ।

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आइपिओ निष्काशन गरेको थियो । १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । जसमा न्यूनतम १० र बढीमा तीन हजार ३७० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement