दुई बर्षदेखि तलब खान नपाएका क्रिकेट खेलाडीहरुले एकमुष्ठ मोटो रकम बुझ्दै

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)लाई प्रतिवन्ध लगाएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विगत दुई बर्षदेखि रोकेको तलब अब भने पाउने भएका छन् । क्यानलाई लगाइएको प्रतिवन्ध फकुवासँगै खेलाडीहरुलाई एकमुष्ठ तलव दिन लागिएको हो ।

उनीहरुलाई तलब दिन आईसीसीले राष्ट्रिय खेलकुद परिषदको खातामा पैसा पठाइसकेको छ । तलव बितरणका लागि परिषदले यसअघि नै क्रिकेट खेलाडीहरुको ‘ए’, ‘बी’ र ‘सी’ गरी बर्गीकरण गरी आईसीसीलाई पठाइसकेको छ ।

यसअघि सन् २०१७ जुलाइसम्म तलव पाएका खेलाडीहरुले अब दुई बर्षको एकमुष्ठ मोटो रकम बुझ्नेछन् । जसअनुसार ए श्रेणीका खेलाडीले मासिक ३५ हजारका दरले एकमुष्ठ आठ लाख ४० हजार, बी श्रेणीका खेलाडीले मासिक २५ हजारका दरले छ लाख र सी श्रेणीका खेलाडीले मासिक १५ हजारका दरले तीन लाख ६० हजार रुपियाँ पाउने परिषदले जनाएको छ ।

खेलाडीको बर्गीकरण यस्तो छः

ए श्रेणीमा
कप्तान पारस खड्का,
उपकप्तान ज्ञानेन्द्र मल्ल,
शरद भेषावकर,
वसन्त रेग्मी,
सोमपाल कामी,
सन्दीप लामिछाने,
दीपेन्द्रसिंह ऐरी ।

बी श्रेणीमा
आरिफ शेख,
करण केसी,
ललित भण्डारी,
अनिलकुमार शाह,
रोहितकुमार पौडेल,
ललितनारायण राजवंशी,
शक्ति गौचन ।

सी श्रेणीमा
सुवास खकुरेल,
सागर पुन,
दिलिपनाथ,
सुनील धमला,
सुशन भारी,
किशोर महतो,
विनोद भण्डारी ।

Advertisement

Advertisement

Advertisement