‘भ्यूटावर’ निर्माण गरिने

Advertisement

दार्चुला । महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ‘भ्यूटावर’ निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ ।

जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको महाकाली नगरप्रमुख हंशराज भट्टले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भ्यूटावर निर्माण गरिन लागेको हो ।

पर्यटकीयस्थलको विकासका लागि नगरसभाबाट एक करोड ४० लाख रुयिाँ बजेट विनियोजन गरिएकामा ४५ लाख रुपियाँ भ्यूटावर निर्माणमा खर्च गरिने नगरप्रमुख भट्टले बताए।

समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छापरीबाट दार्चुला जिल्लामा रहेको अपी हिमाललगायत उच्च हिमशृङ्खाल तथा भारतका हिमालय शृङ्खला सजिलै देख्न सकिन्छ । नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको विकास गरी आर्थिक रूपमा समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ पर्यटकीयस्थलको विकास गर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै भ्यूटावरसँगै पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न रेष्टुरेन्ट, पार्कलगायत पर्यटकलाई आकर्षण गराउने स्थल निर्माण हुनेछन् । यसैगरी नगरपालिकाले समैजी मन्दिर डुङुरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने भएको छ । अहिले पनि नेपाली तथा भारतका स्थानीयवासीको धार्मिक पर्यटकीय गन्तव्य रहेको डुङुरी मन्दिरमा मङ्गलबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको रुपमा आउने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement