वैदेशिक रोजगारबाट फर्केका युवायुवतीलाई रोजगारमुखी बनाउन बैंकले पाँच करोड सम्म कर्जा दिने

Advertisement

काठमाडौं । सरकारले वैदेशिक रोजगरीबाट फर्केका युवाहरुलाई रोजगारमुखी बनाउन उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋण कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ । विदेशमा कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च हुन थालेपछि सहुलियत पूर्ण ऋणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो ।

युवाहरुले नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्रविधिक तथा व्यवसायिक कर्जा लगायतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने योजना सरकारले बनाउन लागेको हो ।

कर्जा पाईने सात शिर्षक

  • कृषि तथा पशुपन्छी कर्जा ५ करोड

  • शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख

  •  विदेशबात फर्केका युवापरियोजना कर्जा १० लाख

  •  महिला उद्यमशील कर्जा १५ लाख

  •  दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख

  •  उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख

  •  भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाख

Advertisement

Advertisement

Advertisement