एक वर्षमा पनि लिलामी प्रक्रियाबाट बेचेर सकिएन लुम्बिनीको सेयर, पाँचौं पटक पुनः लिलामीमा

Advertisement

काठमाडौं  । लुम्बिनी विकास बैंकको एक लाख ९७ हजार नौ सय ९६ कित्ता सेयर लिलामीमा ल्याएको छ।

बैंकले यस अघि बिक्री खुल्ला गरेको सेयर सबै कित्तामा आवेदन नपरेपछि पाँचौं पटक पुग्दा पुनः लिलामीमा ल्याएको हो।  लगानीकर्ताले  न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने  यस सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सकिने  कम्पनीले जनाएको छ ।

माघ २७ गते (आइतबार) देखि  फागुन ३ गतेसम्म  बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ ।

बैंकले गत वर्षको माघमा २० लाख ८ हजार ८७८.४७ कित्ता (१०प्रतिशत) हकप्रद सेयर निष्कासन गरेको थियो । त्यतिबेला बिक्री नभएको बाँकी सेयर झन्डै एक वर्ष हुँदा पनि लिलामी प्रक्रियाबाट बेचेर सकिएको छैन ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ५२ लाख ७२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २३ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा छ ।

Advertisement

Advertisement

Advertisement