सेयर बजारमा गिरावट जारी, साताको सुरुमै दोहोरो अंकले घट्यो नेप्से

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार नै सेयर बजारमा भारी गिरावट देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से १२ अंकभन्दा बढिले घटेर एक हजार १२७ दशमलव ५३ अंक कायम भएको छ भने जम्मा २३ करोड ५१ लाख रुपियाँको सेयर किनबेच भएको छ ।

आज धेरै कारोबार गर्ने माछापुछ्रे बैंकको एक करोड ४० लाख रुपियाँको कारोबार छ भने त्यसपछि अपर तामाकोशी हाइड्रोपावरको एक करोड ३९ लाख रुपियाँको कारोबार छ । आज होटल समूहमा सामान्य सुधार देखिए पनि बाँकी सबै समूहमा गिरावट कायम रहेको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने बाणिज्य बैंक समूहको उपसुचक शुन्य दशमलव ६९ प्रतिशतले झरेको छ भने जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा समूहको गिरावट दुई प्रतिशतभन्दा बढिको छ ।

आज धेरै नाफा गर्ने विजय लघुवित्तका लगानीकर्ताले जम्मा एक दशमलव ७६ प्रतिशतले नाफा गरेका छन् भने घाटा धेरै खाने श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले पाँच दशमलव ८८ प्रतिशतले घाटा खाएका छन् ।

बैंकको उच्च ब्याजदरसँगै सेयर कर्जा असहज हुँदा र बजारमा मागभन्दा आपूर्ति धेरै हुँदा सेयर बजारमा गिरावट कायम रहेको विश्लेषकहरुको नभाई छ ।

Advertisement

Advertisement

Advertisement