खड्काको प्रश्न- भेनेजुएलाबारे बोल्नेले क्रिमियामा रुसले आक्रमण गर्दा चाहीं बोल्नु पर्दैन ?

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।

रिपोर्टर्स क्लबमा नेता खड्काले प्रधानमन्त्री केपी ओली स्वदेश फर्किसकेपछि सरकारले पनि भेनेजुएला प्रकरणमा प्रचण्डकै लाईनामा वक्तव्य जारी गरेको सुनाउँदै रुसले क्रिमियामा हस्तक्षेप गर्दा उनीहरु नबोलेकोमा गुनासो पोखे ।

खड्काले भने, ‘सरकारले पनि प्रचण्डकै लाईनमा वक्तव्य जारी गर्यो । नेपाल र अमेरिकाबीच १९४७ देखि कुटनीतिक सम्बन्ध छ, हामीलाई अमेरिकाले असाध्यै ठूलो आर्थिक सहायता गर्दै आएको छ । सरकारको वक्तव्यका कारण अहिले सम्बन्धमा हा«स आएको छ । नेपाल सरकारले यस्तो वक्तव्य जारी गर्नु आवश्यक थिएन् ।’ उनले अमेरिकालाई नेपाल सरकारले चिढ्याउने काम गर्नु आवश्यक नै नभएको जिकिर गरे ।

नेता खड्काले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएकोले चीन रिसाएको हो कि भनेर त्यो सन्देहलाई मेटाउन प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध यस्तो वक्तव्य दिएको हो कि भन्ने कता–कता आफूलाई लागेको पनि जिकिर गरे ।

खड्काले यही कदमले गर्दा अमेरिका र नेपालबीचको कुटनीतिक सम्बन्धमा असर परि नहाल्ने जिकिर गरे । उनले भने,‘ अहिले नै ठूलो असर परिहाल्दैन् । हालै नेपालस्थित् अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीले प्रधानमन्त्री ओली र प्रचण्डजीलाई भेट्नु भएको कुरा आएको छ । त्यसैले सम्बन्ध बिग्रिहाल्दैन ।’

दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको खड्काको भनाई छ । उनले भने, ‘जनताका आधारभूत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन् । सरकारको यो एक वर्षको पफर्मेन्स होपलेस छ ।’

मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण मागेर धान्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याए । उनले भने, ‘यस्तो अवस्था आयो भने जनता भोलि सडकमा आउँछन् ।’

Advertisement

Advertisement

Advertisement