सन्दीपको ३ विकेटको मद्दतले बिग ब्यास लिगमा मेलवर्न स्टार्स पुग्यो सेमिफाइनल

Advertisement

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको ३ विकेटको मद्दतले बिग ब्यास लिगमा मेलवर्न स्टार्स सेमिफाइनलमा पुग्न सफल भएको छ ।

आइतबार सिड्नी सिक्सर्सविरुद्ध भएको खेलमा सन्दीपले सर्वाधिक ३ विकेट लिन सफल भएका हुन्। आजको खेलमा उनी आफ्नो टोलीबाट सबैभन्दा बढी विकेट लिने तथा कम इकोनोमिमा बलिङ गर्ने खेलाडी बन्न सफल भए ।

सन्दीपले नेपाली टिममा खेल्दा खासै राम्रो गर्न नसके पनि बाह्य खेलमा भने राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले आजको खेलमा ३ दशमलव ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए भने आफ्नो स्पेलमा एक मात्रै बाउन्ड्री चौकाको रुपमा दिए।

सिक्सर्सलाई ९४ रनले पराजित गर्दै सन्दीपको टोली मेलवर्न सेमिफाइनल प्रवेश गर्यो । मेलवर्नले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको सिक्सर्स १३ दशमलव ४ ओभरमा ७४ रनमै अलआउट भएको थियो ।

Advertisement

Advertisement

Advertisement