पन्द्र हजार घुसहित विद्युत प्राधिकरणका कर्मचारी रंगेहात पक्राउ

Advertisement

काठमाडौ‌ । नेपाल विद्युत प्राधिकरण, पुरानो बानेश्वर वितरण केन्द्र, नयाँ ग्राहक शाखामा कार्यरत सुपरभाइजर (नायब सुब्बा) महेन्द्र प्रधान १५ हजार रुपियाँ घुससहित पक्राउ परेका छन्।

मिटरको क्षमता वृद्धि गरिदिने नाममा सेवाग्राहीसँग पैसा लिइरहेको अवस्थामा कार्यालय परिसरबाटै उनलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका प्रधानलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement