नेपाली जुत्ता घरमा फागुन भरी जुत्ता किन्दा ५० प्रतिशतसम्म छुट पाइने

Advertisement

काठमाडौं । नेपाली जुत्ता घरले फागुन महिनाभरीको लागि जुत्ता किन्दा ५० प्रतिशतसम्म छुट दिने अफर ल्याएको छ । नेपाली जुत्ता घरले ६ महिनाको वारेन्टी सहित १० देखि ५० प्रतिशतसम्मको छुट अफर ल्याएको हो ।

नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । नेपाली जुत्ता घर काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा यसको शोरुम छ । महाराजगंज चक्रपथबाट गंगालाल अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् ।

यस कम्पनीको पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेको कम्पनीले जनाएको छ ।

नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement