राष्ट्र बैंकले आजबाट साढे दुई अर्बको 'ट्रेजरी बिल' जारी गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) ९१ दिनका लागी दुई अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैंकले सोमबार एक सूचना जारी गर्दै बिल खरीदका लागि सोमबार नै बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो । सोमबार तीन बजे बोलकबोल हुने सूचनामा बताइएको छ ।

राष्ट्र बैंकले यसअघि माघ २१ गते पाँच अर्ब १६ करोड रुपियाँको ट्रजरी बिल जारी गरेको थियो ।

Advertisement

Advertisement

Advertisement