युनिभर्सल पावरको साधारण सेयरमा ४० करोडको आवेदन

Advertisement

काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण सेयर (आइपीओ)मा करिब ४० करोड रुपियाँ बराबरको आवेदन परेको छ । सोमबार बिहान १० बजेसम्म करिब ४० लाख कित्ता अर्थात् ४० करोड रुपियाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको छ ।

कम्पनीमा अहिलेको आवेदन दिएको अवस्था हेर्दा न्यूनतम १ सय कित्तासम्म लगानीकर्ताले सेयर पाउने देखिएको छ ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले कम्पनीको आईपीओका लागि आज र भोलि मंगलबारसम्म आवेदन दिन सकिने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement