नख्खुस्थित यति कार्पेटमा भीषण आगलागी, चारदेखि पाँच करोडको क्षति भएको अनुमान

Advertisement

ललितपुर । नक्खुस्थित एक कार्पेट गोदाममा सोमबार दिउसो भीषण आगलागी भएको छ । ललितपुर र काठमाडौंका बारुणयन्त्रणका साथै सेना र प्रहरी परिचालन गरी आगो नियन्त्रण भइसकेको नख्खुका डिएसपी अपिलराज बोहराले बताए ।

उनका अनुसार लागलागीबाट चारदेखि पाँच करोड रुपियाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अपरान्ह करिव पौने ३ बजे आगो नियन्त्रणमा भएको हो । आगलागीको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement