पतन्जलीका कारण युनिलिभरको सेयर घट्ने क्रम तीब्र, नेप्सेमा नगन्य सुधार, कारोबार भने घट्यो

Advertisement

काठमाडौं । नेपाली बजारमा पतन्जलीका उत्पादनहरुले युनिलिभरका उत्पादनहरुको खपत घटाएसँगै उक्त कम्पनीको सेयर घट्ने क्रम जारी रहेको छ । सोमबार पनि युनिलिभरको सेयर ३६३ अंकले घटेको छ ।

अहिले उपभोक्तामाझ पतन्जलीका विभिन्न उत्पादनहरु लोकप्रिय हुन थालेपछि युनिलिभरका उत्पादनहरुको खपतमा भारी गिरावट भएको छ । सेयर मूल्य निकै उच्च रहेको सो कम्पनीको सेयर यसअघि १२ सय अंकभन्दा बढि घटेपछि यसका लगानीकर्ताहरु पनि निराश बन्दै गएका छन् ।

युनिलिभरको सेयर घटे पनि नेप्से परिसुचकमा भने आज नगन्य सुधार देखिएको छ । नेप्से आज एक दशमलव ३४ अंकले बढेर एक हजार १२८ दशमलव ८६ कायम भएको छ । तर कारोबार भने आइतबारभन्दा पनि घटेर जम्मा २० करोड २७ लाख रुपियाँको मात्रै किनबेच भएको छ ।

आज धेरै नाफा गर्नेमा चौतारी लघुवित्तका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा बरुण हाइड्रोपावरका लगानीकर्ता छन् । आज एक करोड भन्दा धेरै कारोबार गर्ने एउटा मात्रै कम्पनी अपर तामाकोशीले एक करोड ४० लाख रुपियाँको कारोबार गरेको छ ।

समूहगत कारोबारतर्फ बाणिज्य बैंक र उत्पादनमूलक समूहबाहेक बाँकी समूहका उपसुचकहरुमा सामान्य सुधार देखिएको छ । तर, घट्ने र बढ्ने उपसुचकहरु अनुपात एक प्रतिशतभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement