टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाले पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण गर्यो

काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा पुनर्निर्माण गरी हस्तान्तरण गरिएको शारदा उच्च माध्यमिक विद्यालयको भारतीय राजदूत मञ्जीवसिंह पूरीले उद्घाटन गरे ।

‘नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना’को एक अंगको रुपमा टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाले सिन्धुपाल्चोकमा निर्माण गरिएको यस विद्यालयको सो भवन अत्याधुनिक भूकम्प निरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपांगमैत्री रहेको सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।

unitednic

सन् २०१५ को भूकम्पबाट यस विद्यालयका कक्षाहरु, विज्ञान प्रयोगशाला तथा अन्य सेवाहरुमा समेत क्षति पुगेको थियो । कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसारमन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वीएस तारापोरवाला पनि सहभागी थिए ।

तारापोरवालाले नेपालमा आएको भूकम्प ज्यादै दूर्भाग्यपूर्ण भएको बताउँदै उक्त भूकम्पको असर कम गर्न टाटा ट्रस्टले पहलकदमी लिएको बताए ।

भारतीय राजदूत मञ्जीवसिंह पूरीले नेपाल र भारतबीच प्राचीन कालदेखि मैत्री सम्बन्ध र आपसी सम्मान रहिआएको बताउँदै नेपालको आर्थिक विकास अभियानमा सधैं भारतको सहयोग रहने बताए ।

विद्यालयका प्रधानाध्यापक तोयनाथ नेपालले भूकम्पपछि विद्यालय भवनमा क्षति भएकोले कक्षाहरु भवन बाहिरसमेत अध्यापन गर्नुपरेको बताए । उनले टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थालाई विद्यालय पुनर्निमाणमा प्राप्त अतुलनीय सहायताको लागि धन्यवाद दिए ।

पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङभेदी, अपाङमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । भवन पूर्णरुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङमैत्री प्रविधिसहित निर्माण गरिएको छ ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाले सात वटा बिद्यालय र स्वास्थ्यचौकी पुनर्निमाणमा सहयोग गर्दै आएको छ । शारदा उच्च माध्यमिक बिद्यालयबाहेक जल्पादेवी माध्यमिक बिद्यालय, कुपकन्या माध्यमिक बिद्यालय, मार्मिङ आधारभुत बिद्यालय, तपिनारायण आधारभुत बिद्यालय, जनज्योति आधारभूत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकीको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको जनाइएको छ ।

सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष समेत रहेका शम्भु दाहालले यस पुनव्र्यवस्थापना परियोजनाहरुको कार्यान्वयनका लागि केही वर्षदेखि आफूहरु तन मन धनले लागि रहेको बताए । उनले सिप्रदीयन सहायता संस्थामार्फत परियोजनाको इन्जिनियरिङ, संरचना, प्रविधिदेखि सुविधासम्पन्न तथा सामग्रीले भरिपूर्ण कक्षा निर्माण गर्न साना साना कुरामा समेत ध्यान दिएको बताए ।