सिभिल बैंकको नाफा झन्डै २४ करोड, प्रतिशेयर आम्दानी ९ रुपियाँ १ पैसा

Advertisement

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २३ करोड ९८ लाख ८ हजार रुपियाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २१ करोड ६९ लाख ४९ हजार रुपियाँ  नाफा कमाएको थियो ।

बैंकको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी २ अर्ब ७४ करोड ७२ लाख ३४ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी १ अर्ब ६४ करोड ९२ लाख ६ हजार रुपियाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९ करोड ८० लाख २७ हजार रुपियाँ हुन जान्छ ।

बैंकले पुष मसान्त सम्ममा ४३ अर्ब ८ करोड ४५ लाख ८६ हजार रुपियाँ निक्षेप संकलन गरी ४३ अर्ब ५५ करोड ६ लाख ३७ हजार रुपियाँ कर्जा लगानी गर्नुको साथै बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप ६ अर्ब भन्दा बढीले बढाएको बैंकले जनाएको छ ।

बैंकको गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३६ अर्ब ९५ करोड ९७ लाख ५० हजार रुपियाँ निक्षेप संकलन गरी ३४ अर्ब ३० करोड ७९ लाख ४८ हजार रुपियाँ कर्जा लगानी गरेको थियो ।

बैंकको पूँजी कोष अनुपात १९ दशमलव ८६ प्रतिशत, खराव कर्जा ३ दशमलव ५४ प्रतिशत, कस्ट अफ फण्ड ८ दशमलव २० प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपियाँ ९३ पैसा र प्रतिशेयर आम्दानी ९ रुपियाँ १ पैसा रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement