युनिभर्सल पावरले आइपीओ भर्ने म्याद थप्यो

Advertisement

काठमाडौं । युनिभर्सल पावर कम्पनीले यहि माघ २५ गतेदेखि बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने भर्ने म्याद थप गरेको छ ।

युनिभर्सलले पहिलो चरणमा सर्वसाधारणका लागि ८६ लाख ७४ हजार चार सय ९२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गरेको हो ।

बिक्री खुल्ला गरेदेखि नै कम्पनीले यो आइपीओमा छिटोमा माघ २९ गते र ढिलोमा  फागुन २६ गतेसम्म भर्न पाइने व्यवस्था गरेको जनाएको छ । तर, त्यो समयभन्दा अगावै सबै सेयर बिक्री भएमा भने सोही बेला सूचना जारी गरेर आइपीओ बिक्री बन्द गरिने पनि कम्पनीले जनाएको छ  । अर्थात् मंगलबार नै आवश्यक मात्रामा आवेदन परेमा यो सेयर बुधबारसम्म मात्र भर्न पाइने हुन सक्छ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ ।

कम्पनीले बिक्री गर्न लागेको कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले जनाएको हो ।

यो आइपीओमा सोमबार सम्म ५३ करोड ९९ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार साँझ सम्ममा ५८ हजार ५९ जनाले ५३ लाख ९९ हजार १०० कित्ताका लागि आवेदन दिएका छन् ।

Advertisement

Advertisement

Advertisement