स्टान्डर्ड चाटर्डको खुद नाफा ६.७९ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी २६ रुपियाँ पुग्यो

Advertisement

काठमाडौं  ।  स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासअवधि सम्मको फाइनान्सियल रिपोर्ट सार्वजनिक गरेको छ। बैंकले यस अवधिसम्ममा खुद नाफा ६ दशमलव ६९ प्रतिशतले वृद्धि गरि एक अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले एक अर्ब सात  करोड २५ लाख ४१ हजार मात्रै नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्ष  ६६ अर्ब ७ करोड २२ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यो अवधिमा आठ करोड ८१ लाख ३५ हजार रुपियाँले घटेर  ६५ अर्ब ९८ करोड ४१ लाख १८ हजार रुपियाँ पुगेको छ।

अघिल्लो वर्ष खुद ब्याज आम्दानी एक अर्ब ६१ करोड ४५ हजार ६३ रुपियाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको दोस्रो अवधिसम्ममा खुद ब्याज आम्दानी एक  अर्ब ६५ करोड १८ लाख ५२ हजार रुपियाँ पुर्याएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज आम्दानी २ दशमलव ३० प्रतिशतले वृद्धि भएको हो। भने यसको वितरण योग्य नाफा पनि  ९५ करोड ९४ लाख ९१ हजार रुपियाँबाट बढेर ९९ करोड ८१ लाख ५१ हजार रुपियाँ पुगेको छ ।

अघिल्लो वर्ष सञ्चालन नाफा एक अर्ब ५३ करोड २२ लाख एक  हजार रुपियाँ कमाएको बैंकले यस अवाधिसम्ममा सञ्चालन नाफा एक अर्ब ६३ करोड ६२ लाख आठ हजार रुपियाँ पुर्याएको छ।

स्टान्डर्ड चार्टर्डको चुक्ता पुँजी ८ अर्ब एक करोड १४ लाख ३१ हजार रुपियाँ रहेको छ । गत वर्ष ४ अर्ब ८२ करोड २२ लाख २४ हजार रुपियाँ जगेडा कोषमा राखेको बैंकले यस वर्ष बढाएर सात  अर्ब तीन  करोड ९८ लाख ५० हजार रुपियाँ पुर्याएको छ । प्रतिसेयर आम्दानी एक रुपियाँ ८१ पैसाले बढेर २८ रुपियाँ ५९ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपियाँ ७८ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८७ रुपियाँ ८७ पैसा छ ।

Advertisement

Advertisement

Advertisement