बुटवल पावरको नाफा २२ प्रतिशतले बढ्यो, यस्तो छ अरु सूचक

Advertisement

काठमाडौं  । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले यस अवाधिसम्मा खुद नाफा  २२ दशमलव ८८ प्रतिशतले वृद्धि गरि ७५ करोड ८२ लाख ४२ हजार रुपियाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ७० लाख ५६ हजार रुपियाँ मात्र नाफा आर्जन गरेको थियो।

कम्पनीको सञ्चालन नाफा ७३ करोड ६३ लाख २४ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा ११दशमलव १५ प्रतिशत नाफा वृद्धि गरेको हो भने अन्य स्रोतबाट पनि ५९ करोड ५ लाख ४५ हजार रुपियाँ आम्दानी भएको छ ।

यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा चार अर्ब २२ करोड ७१ लाख ७३ हजार रुपियाँ जम्मा भएको छ ।  प्रतिसेयर आम्दानी ३१ रुपियाँ सात पैसा रहेको यो कम्पनीको २७३ रुपियाँ २१ पैसा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement