वर्षा र संजोगले गरे टिकाटालो

Advertisement

काठमाडौँ । फागुन २ गते प्रेम दिवसको दिन विवाहमा परिणत गर्न लागेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले टिकाटालो गरेका छन् । सोमवार उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाए ।

इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आ -आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।

७ वर्ष अगाडि एक फिल्मको अडिसनको क्रममा संजोग र वर्षाको पहिलो पटक भेट भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । अब उनीहरु प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् ुभ्यालेनटाइन डेु को दिन अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम खाँदैछन् ।

Advertisement

Advertisement

Advertisement