नाफा घटेसँगै महालक्ष्मी विकास बैंकको सेयरमा उच्च गिरावट, बजारमा सेयर किनबेच अझै घट्दै

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको नाफा घटेसँगै मंगलबार सेयर बजारमा बैंकको सेयर मूल्यमा उच्च गिरावट हुन पुगेको छ । अधिकांश बैंकहरुको नाफामा सन्तोषजनक वृद्धि हुँदा महालक्ष्मीको नाफा भने गत बर्षको सोही अवधिको तुलनामा यस आर्थिक बर्षको दोस्रो त्रैमासमा चार प्रतिशत कम नाफा गरेको थियो ।

आज धेरै घाटा खानेहरुमा महालक्ष्मीका लगानीकर्ता अगाडि छन् । कम्पनीको सेयर तीन दशमलव ४८ प्रतिशतले घटेको छ । त्यसपछि धेरै घाटा खानेमा खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् भने नाफा धेरै गर्नेमा जेविल फाइनान्सका लगानीकर्ता अगाडि छन् ।

आजको सेयर कारोबारमा नेप्से परिसुचक करिव स्थिर रह्यो । तर कारोबारमा भने गिरावट जारी रह्यो । नेप्से शुन्य दशमलव ६७ प्रतिशत मात्रै बढेर एक हजार १२८ कायम भयो । त्यस्तै, १९ करोड ४१ लाख रुपियाँको पनि सेयर किनबेच भयो । जसमा प्रभु बैंकको संस्थापक सेयर नै तीन करोड १० लाख रुपियाँभन्दा बढि खरिद बिक्री भएको छ ।

सेयर बजारमा खासै सुधार नहुँदा पनि व्यापार र उत्पादनमूलक समूहका उपसुचकहरु भने एक प्रतिशतभन्दा बढिले उक्लिएका छन् । बैंकको ब्याजदरमा कमी आउन नसक्दा, सेयर कर्जा सहज हुन नसक्दा, बजारमा मागभन्दा बढि आपूर्ति हुँदा, बजार लगातार ओरालो लाग्ने क्रममा सुधार नहुँदा नेप्से बढ्न नसकेको हो ।

Advertisement

Advertisement

Advertisement