'नेपाल उड'अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

Advertisement

काठमाडौं । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसको संयुक्त  आयोजनामा नेपाल यही फागुन तीन गतेदेखि पाँच गतेसम्म उड इन्टरनेश्नल एक्स्पोको आयोजना हुने भएको छ ।

आयोजकले सोमबार राजधानिमा पत्रकार सम्मेलन गरी नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्याउने र नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउने उद्देश्यले उक्त एक्स्पोको आयोजना गरेको जनाएको हो ।

प्रदर्शनीको फागुन तीन गते(शुक्रबार)देखि आयोजना हुन लागेको यो एक्स्पोको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने भएको आयोजकले जनाएको हो ।

प्रदर्शनीमा विभिन्न देशका दुई सयभन्दा ब्राण्डहरुका एक सय २० भन्दा बढि स्टल रहने छन् । यस प्रदर्शनीले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरुले काठ ब्यबसाय संग सम्बन्धित उत्पादन हरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउँदै आएको छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीमा उडवोर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मेसिनरीज, पावर टुल्स, प्लाइउड, डोर एण्ड वीन्डोज फिटिङ, कच्चा पदार्थहरु, इन्टेरीअर डिजाइन, हाम डेकोर तथा फिनिस्ड प्रोडक्टहरुको पनि उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।

नेपाल इन्जिनीयर्स एसोसिएशन,प्लाइउड म्यानुफ्याक्चर एसोसिएशन अफ नेपाल तथा शोसाइटी अफ नेप्लीज कार्किटेक, शोसाइटी अफ कन्सल्टीङ आर्किटक्चरल एण्ड इन्जीनियरिङ फर्म यस अन्तराष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरु रहेका छन् ।

यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ ।

Advertisement

Advertisement

Advertisement