आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्कासँग अढाई करोड धरौटी माग

Advertisement

काठमाडौं । अकुत सम्पत्तिसम्वन्धी मुद्दामा विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कासँग साढे दुई करोड धरौटी मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड अवैध सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेकोमा अदालतले त्यति धरौटी माग गरेको हो ।

खड्कासँग लिइएको बयान र थुनछेक सम्बन्धी बहस सकिएपछि अदालतले अढाई करोड धरौटी लिएर उनलाई तारेखमा छाड्न आदेश दिएको छ । खड्काको कुल २७ करोड ३० लाख ७५ हजार ३८० रुपियाँ सम्पत्तिमध्ये आठ करोड ६४ लाख ६९ हजार ७५१ रुपियाँ मात्र वैध रहेको अख्तियारको भनाई छ । उनले १८ करोड ६६ लाख रुपियाँ बराबर अकुत सम्पत्ति आर्जन गरेकोले त्यति नै बराबरको जरिवाना र दुई बर्ष जेल सजायको समेत माग गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

Advertisement

Advertisement

Advertisement