३३ किलो सुन तस्करी प्रकरणमा थप न्यायाधीसहरु तानिने क्रम जारी

Advertisement

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनुवाइ प्रकरणमा उच्च अदालत विराटनगरका थप दुई न्यायाधीशलाई न्याय परिषद्ले काजमा तानेको छ । पछिल्लो पटक काजमा तानिनेमा न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे छन् ।

न्यायाधीश सापकोटा र पाण्डेलाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले पुष्टि गर्दै अब अदालतमा ९ जनामात्र न्यायाधीश रहेको बताए। उनका अनुसार उच्च अदालतमा १२ न्यायाधीशको दरबन्दी छ।

यसअघि सुन तस्करी प्रकरणको मुद्दालाई फुटाएर अलग अलग इजलासले सुनुवाइ गर्दा कार्यविधिका साथै केही मुद्दाको प्रमाण परीक्षणका विषयमा गम्भीर त्रुटि भेटिएको र आरोपितमाथिको निवेदन व्यवस्थापन र मुद्दाको सुनुवाइका क्रममा विवादमा मुछिएको भन्दै न्याय परिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ जनालाई न्याय परिषद्ले काजमा काठमाडौँ तानेको थियो।

काजमा तानिनेमा उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्की छन्। उनीहरूको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई परिषद्ले खटाएको थियो।
कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement