नेपाल इन्स्योरेन्सले फागुन २१ गते देखि हकप्रद शेयर बिक्री गर्ने

Advertisement

काठमाडौं । नेपाल इन्स्योरन्स कम्पनीले फागुन २१ गते देखि हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात दश बराबर ६.५ कित्ताको दरले हकप्रद निष्काशन गर्न लागेको हो ।

इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनका लागि माघ २७ गते देखि २९ गते सम्म बुकक्लोज गरेको थियो । यस अनुसार बुकक्लोजको अघिल्लो कारोबारका दिन माघ २४ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद भर्ने अन्तिम दिन चैत २५ गते रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपियाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २३ रुपियाँ ३७ कायम गरको छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता तीन सय ७८ रुपियाँमा कारोबार भएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न ग्लोब्ल आईएमई क्यापिटलले गर्ने जनाएको छ । इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपियाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपियाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयरबिक्री गर्न अनुमति पाएको थियो ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपियाँ पुग्ने कम्पनीको अपेक्षा छ ।

Advertisement

Advertisement

Advertisement